माओवादीले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र १ सय ९९ सदस्यीय हुने भएको छ।

काठमाडौँमा जारी विधान अधिवेशनमा प्रतिनिधिहरूले पठाएको सुझावको जवाफ दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १ सय ९९ केन्द्रीय समिति बनाउने र ती सबैको प्रत्यक्ष निर्वाचन गरिने बताएका हुन्।

उपाध्यक्ष पम्फा भूसालको नेतृत्वमा बनेको विधान मस्यौदा समितिले १५१ सदस्यीय केन्द्रीय समिति बनाउन सिफारिस गरेको थियो। केन्द्रीय सदस्यको एक तिहाइ स्थायी कमिटी र ११ जनाको केन्द्रीय कार्यालय बनाउने जानकारी पनि ‘प्रचण्ड’ले बैठकलाई गराएका छन्।

बैठकमा पार्टीको नाम र चुनाव चिह्न पनि फेर्ने प्रस्ताव आएको थियो तर प्रचण्डले अहिले नाम र चुनाव चिह्न भने परिवर्तन नहुने जानकारी गराएका छन्।

काठमाडौँमा मंगलबारदेखि सुरु भएको विधान सम्मेलन बिहीबार सकिँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस