माओवादी विधान अधिवेशनमा सुझाव संकलन जारी, प्रचण्डले जवाफ दिएर टुङ्ग्याउने तयारी « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

माओवादी विधान अधिवेशनमा सुझाव संकलन जारी, प्रचण्डले जवाफ दिएर टुङ्ग्याउने तयारी


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका विधान अधिवेशनमा समूहगत सुझाव पेस गर्ने क्रम जारी छ। बुधवार १३ समूहबाट सुझाव पेश गरेपछि बाँकी ७ समूहले आज पेश गरेका हुन्।

समूहगत सुझाव आएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन्। अध्यक्षले उठेका प्रश्नहरूको जवाफ दिइसकेपछि विधान संशोधनका प्रस्ताव पारित गरेर बैठक आजै टुङ्ग्याउने माओवादीको तयारी छ।

मङ्गलवार बाट सुरु भएको बैठकमा नेताहरूले केन्द्रदेखि तल्लो तहसम्मै प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने, पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने लगायतका सुझाव दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस