झण्डै एक करोड रकमसहित विमानस्थलबाट २ पाकिस्तानी पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

झण्डै एक करोड रकमसहित विमानस्थलबाट २ पाकिस्तानी पक्राउ


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

बुधबार बेलुका फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौँ ओर्लिएका ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा)सहित पक्राउ परेका विमानस्थल स्रोतले बतायो । यो नेपाली रुपैयाँ ९५ लाख ४३ हजारभन्दा बढी हुने प्रहरीको भनाइ छ ।

विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट डेनिस क्रोन ५ लाख बरामद भएको थियो ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । आज सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने प्रहरी स्रोतले बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस