फेरि कतारले नै जित्यो एएफसी एसियन कप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

फेरि कतारले नै जित्यो एएफसी एसियन कप


२८ माघ २०८०, आइतबार


काठमाडौँ । एएफसी एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको कतारले शनिबार राति जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भयो ।  

कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरेका थिए । तर उनले सबै गोल पेनाल्टीमार्फत गरेका हुन् । अफिफ एएफसी एशिया कपमा सर्वाधिक गोलकर्ता पनि बने । उनले प्रतियोगिताभर ८ गोल गरेका थिए ।

 २२ औं मिनेटमा कतारले अफिफको पेनाल्टीमार्फत अग्रता लिएको थियो । उनीमाथि जोर्डनका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । १ गोलले पछि परेको जोर्डनले कमब्याक गर्दै ६७ औं मिनेटमा बराबरी गरेको थियो । जोर्डनका यजान अल नैमातले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो ।

७२ औं मिनेटमा पनि पाएको पेनाल्टीमा अक्रमले नै गोल गरेका थिए  । अतिरिक्त समयको पाँचौं मिनेटमा फेरि कतारले पेनाल्टी पाउँदा अक्रमकले ह्याट्रिक नै पूरा गरे । कतारले यसअघि २०१९ को संस्करणमा पनि उपाधि जितेको थियो । त्यतिबेला कतारले जापानलाई पराजित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस