मधेशमा लागू औषध नियन्त्रणमा जोड दिन गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मधेशमा लागू औषध नियन्त्रणमा जोड दिन गृहमन्त्रीको निर्देशन


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा लागू औषधको समस्या बढेको भन्दै त्यसको नियन्त्रणमा अलर्ट भएर काम गर्न निर्देशन दिएका छन् ।

उनले लागू औषध नियन्त्रण र कारबाहीलाई कडा गर्न र त्यसविरुद्ध युवाहरुबीच सचेतना कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिए ।आज (बिहीबार) महोत्तरीको बर्दिवासमा मधेशको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि गृहमन्त्री श्रेष्ठले हरेक जिल्लामा सुधार केन्द्रहरू बनाउन समेत निर्देशन दिए ।

उनले त्यस्ता योजनाहरुमा प्रदेश सरकार र स्थानीय तहहरूसँग समेत समन्वय गरेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । त्यस क्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको समेत उनले जानकारी गराए । धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक विधिबाटै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन थियो ।

मन्त्री श्रेष्ठले मधेशका अन्य समस्याहरु जस्तै सीमामा राजस्व चुहावट, क्रस बोर्डर क्राइमजस्ता विषयमा समेत संवेदनशील भएर काम गर्न निर्देशन दिए । मन्त्री श्रेष्ठलाई महोत्तरी र धनुषाका सिडिओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस