सरकारले हाई प्रोफाइल सहकारी ठगलाई कारबाही गर्नै सकेन : महेश बस्नेत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारले हाई प्रोफाइल सहकारी ठगलाई कारबाही गर्नै सकेन : महेश बस्नेत


२१ माघ २०८०, आइतबार


काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले हाई प्रोफाइल सहकारी ठगलाई छानबिनको दायरामा समेत ल्याउन नसकेको बताएका छन् । नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ लक्षित गरी सरकारले हाई प्रोफाइललाई कारबाही गर्नै नसक्ने बताएका हुन् । 

आइतबार आयोजित एक कार्यक्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाई प्रोफाइलका सहकारी ठगहरू अनेक नौटङ्की र बहानाबाजी गरेर हिँडिरहेका छन् । हाई प्रोफाइलका सहकारी ठगहरूलाई सरकारले कारबाही गर्ने त परै जाओस्, छानबिनको दायरामा पनि ल्याउन सकेको छैन ।’

रास्वपा सभापति रवि लामिछानेले कम्पनी रजिष्टार्ड कार्यालयमा बैंक स्टेटमेन्ट देखाएर गुडविल शेयरमार्फतको पैसा नगद लिएको देखिएको उनको दाबी छ । यसबाट ठगीमात्रै नभएर किर्ते र जालसाजीको मुद्दासमेत प्रभावित हुने उनले बताए । ‘म चाहिँ बाठो छु, भएभरका सबै लाटा छन्,’ भनेर रविले अभिव्यक्ति दिइरहेको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस