सात वर्ष पछि तोकियो भागेश्वर गाउँपालिकाको केन्द्र  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सात वर्ष पछि तोकियो भागेश्वर गाउँपालिकाको केन्द्र 


२१ माघ २०८०, आइतबार


डोटी । डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र सात वर्षपछि तोकिएको छ । गाउँपालिकाको हिउँदे अधिवेशनबाट बहुमत कार्यपालिका सदस्यले वडा नम्बर पाँचमा रहेको टप्वा क्षेत्रलाई पालिका केन्द्र बनाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाकी उपाध्यक्ष पुष्पा ठकुराठीले बताइन् । 

विभिन्न मत भिन्नताका कारण गाउँपालिकाले विगत ७ वर्षदेखि केन्द्र तोक्न सकेको थिएन। सोही कारण विगतमा बगरकोटबाट गाउँपालिकाले कार्यसम्पादन गरिरहेको थियो । 

बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा केन्द्र तोक्ने भनेर गाउँपालिकामा मत मतान्तर रहँदै आएका थिए । हिउँदे अधिवेशनबाट टप्वाको पक्षमा बहुमत प्राप्त भएकाले अब गाउँपालिकाको केन्द्र टप्वा बनाइने निर्णय भएको उपाध्यक्ष ठकुराठीले बताइन् । 

जम्मा २९ सदस्यीय रहेको कार्यपालिकाको समितिले टप्वाका पक्षमा २१ मत बगरकोटमै केन्द्र हुनपर्छ भन्ने पक्षमा ४ मत खसेको थियो भने एक मत बदर र एक जना अनुपस्थित रहेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस