यू-१९ विश्वकपको सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलिया र भारतले दक्षिण अफ्रिकासँग खेल्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यू-१९ विश्वकपको सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलिया र भारतले दक्षिण अफ्रिकासँग खेल्ने


२१ माघ २०८०, आइतबार


काठमाडौँ । दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यू-१९ विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार पाकिस्तानले बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित निकालेसँगै सेमिफाइलन समीकरण पूरा भयो।

सुपर-६ को समूह-१ बाट भारत र पाकिस्तानले अन्तिम चारमा स्थान पक्का गरे। समूहमा बंगालदेश तेस्रो हुँदा न्युजिल्यान्डलाई हराएको आयरल्यान्ड चौथो भयो । न्युजिल्यान्ड पाँचौँ हुँदा नेपाल अन्तिम स्थानमा रह्यो। नेपालले सुपर-६ मा भारत र बंगालदेशसँगको दुवै खेलमा पराजय भोगेको थियो। समूहमा भने नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई हराएपछि सुपर-६ मा स्थान पक्का गरेको थियो।

यता सुपर-६ को समूह-२ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका अन्तिम चारमा पुगेका छन्। समूहमा वेस्ट इन्डिज, इंग्ल्यान्ड, श्रीलंका र जिम्बावे अघि बढ्न सकेनन्।

अब सेमिफाइनलमा दक्षिण अफ्रिका र भारत मंगलबार भिड्नेछन्। बिहीबार अस्ट्रेलिया र पाकिस्तानबीच दोस्रो सेमिफाइनल हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस