काँग्रेस महासमिति बैठकको तयारीका लागि तोकिए आठ उपसमिति संयोजक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस महासमिति बैठकको तयारीका लागि तोकिए आठ उपसमिति संयोजक


२१ माघ २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको तयारीका उपसमिति संयोजक तोकेका छन् ।

आगामी फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकका मूल समितिका संयोजक सभापति देउवाले आठ नेतालाई उपसमिति संयोजक तोकेका छन् । देउवाले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई तोकेका छन् ।

आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य बनेका छन् । भोजन व्यवस्थापन उपसमितिको नेतृत्व उदय शम्शेर राणाले पाएका छन् । यातायात व्यवस्थापनमा धना खतिवडालाई तोकिएको छ ।

स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी., प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजक जितेन्द्र श्रेष्ठ तोकिएका छन् ।

ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी समितिका उपसंयोजक तोकिएका नेताहरू अधिकांश ललितपुरका छन् । प्रचार प्रसार उपसमिति संयोजक विश्वकर्मा र प्रदेश समन्वय उपसमिति संयोजक बानियाँ बाहेकका सबै जना ललितपुरका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस