यू-१९ विश्वकप : आज नेपाल र बंगलादेश भिड्दै  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

यू-१९ विश्वकप : आज नेपाल र बंगलादेश भिड्दै 


१७ माघ २०८०, बुधबार


काठमाडौँ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबिचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ । 

पछिल्लो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै नेपालको सुपर सिक्समा प्रवेश पाएको हो ।

यस्तै, बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न प्रयासरत छ । नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । यू-१९ विश्वकपमा नेपालले तेस्रो पटक बङ्गलादेशको सामना गर्न लागेको हो ।

यसअघि नेपाल र बंगलादेशबीच दुई पटक प्रतिस्पर्धा भएको छ । जसमा एकमा नेपाल र एकमा बंगलादेश विजयी भएका थिए । नेपालले २००२ मा भएको यु-१९ विश्वकप प्लेट च्याम्पियनसिपमा सेमिफाइनलमा बङ्गलादेशलाई २३ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

उक्त च्याम्पियनसिपमा नेपाल फाइनलमा जिम्बाब्बेसँग १३७ रनले पराजित भएको थियो । नेपाल र बङ्गलादेशको दोस्रो भेट २०१६ मा भएको यु-१९ विश्वकपमा भएको थियो । उक्त खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो । त्यसपछि आज नेपाल र बङ्गलादेशबीच भिडन्त हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस