पाकिस्तानी अदालतले सुनायो पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाकिस्तानी अदालतले सुनायो पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । पाकिस्तानी अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला सुनाएको छ ।

राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको कतारी विश्व च्यानल अलजजिराले उल्लेख गरेको छ ।

पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो ।

पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ ।

अलजजिराका अनुसार रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस