नार्कको निर्देशक नियुक्तिमा आपत्ति जनाउँदै रास्वपाले गर्‍यो छानबिन गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नार्कको निर्देशक नियुक्तिमा आपत्ति जनाउँदै रास्वपाले गर्‍यो छानबिन गर्न माग


१५ माघ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनीता कठायतले कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशकको नियुक्तिबारे तत्काल छानबिन गर्न माग गरेकी छन् ।

प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सदस्य कठायतले आज समिति सभापति डा. आरजु राणालाई नवनियुक्त नार्कका कार्यकारी निर्देशक डा. धुव्रराज भट्टराईको नियुक्ति ऐन बमोजिम नभएको भन्दै तत्काल छानबिन गर्न माग गरेकी हुन् ।

उनले नार्कका नवनियुक्त निर्देशक डा. भट्टराईको नियुक्ति नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुसार नभएको जनाउँदै सभापति राणालाई ध्यानाकर्षण पत्र बुझाएकी छन् ।

‘नियुक्त व्यक्तिले नार्क ऐन २०४८ मा उल्लेखित योग्यता पूरा नगरेको देखिन्छ’, ध्यानाकर्षण पत्रमा भनिएको  छ, ‘विशेष गरी कृषि सम्बन्धित विषयमा स्नातकोत्तर, कृषि अनुसन्धानमा दश वर्षको कार्य अनुभव र कृषि अनुसन्धानमा प्रकाशित कृतिको अभिलेख मापदण्डबाट यो विचलनले स्थापित मापदण्डको वैधता र पालनाबारे प्रश्न खडा गर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस