नेपालगञ्ज विमानस्थल दुई दिनदेखि अवरुद्ध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालगञ्ज विमानस्थल दुई दिनदेखि अवरुद्ध


१४ माघ २०८०, आइतबार


काठमाडौँ । नेपालगञ्ज विमानस्थल दुई दिनदेखि अवरुद्ध बनेको छ ।

नेपालगञ्जबाट काठमाडौँ, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको हो । बाक्लो हुस्सुका कारण शनिवार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७-८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको हो । उडान अवरुद्ध भएपछि यात्रुहरू मौसम खुल्ने आशमा विमानस्थलमै बसिरहेका छन् ।

दुई दिनदेखि उडान अवरुद्ध हुँदा करिब एक हजार यात्रु नेपालगन्जमा रोकिएका छन् । उपचारका लागि काठमाडौँ जाने यात्रु अझ बढी समस्यामा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस