काठमाडौँको तापक्रम आज यो वर्षकै न्यून « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँको तापक्रम आज यो वर्षकै न्यून


१३ माघ २०८०, शनिबार


काठमाडौँ । आज काठमाडौँको तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ । आज बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ । जुन यो वर्षकै सबैभन्दा धेरै चिसो हो । 

पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै चिसो जिरीमा बढेको छ । त्यहाँको अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री पुग्दा मिनिमम तापक्रम माइनस १दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

जोमसोमको न्यूनतम तापक्रम पनि माइनस ५ दशमलव ५ डिग्री रहेको छ । डडेलधुराको तापक्रम पनि २ दशमलव १ डिग्रीमा झरेको छ ।शुक्रबार काठमाडौँको अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री पुग्दा न्यूनतम तापक्रम भने ३ डिग्रीमा झरेको थियो । 

आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। 

Tags :
प्रतिक्रिया दिनुहोस