२२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गर्ने तयारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

२२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गर्ने तयारी 


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ। विभिन्न २२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गरिने भएको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको ‘अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रतिवेदनमा यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरिएको हो ।

प्रचलित ऐन २० ४६ को दफा २.१.१ मा कागजातको परिभाषा छ । प्रचलित व्यवस्था अपर्याप्त रहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले विधेयक ल्याएको हो ।

मन्त्रालयले गरेको प्रस्तावित विधेयकलाई परिमार्जन गर्दै राष्ट्रिय सभाले अनुसूची नै बनाएर २२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातका रूपमा सुचीकृत गर्ने गरी विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको हो । जहाँ राष्ट्रिय महत्वका कागजात के कस्ता हुन भन्ने उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस