लुम्बिनीबाट माओवादीका सुवेदी र काँग्रेसका सापकोटा विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लुम्बिनीबाट माओवादीका सुवेदी र काँग्रेसका सापकोटा विजयी


११ माघ २०८०, बिहिबार


काठमाडौँ। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।

नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए ।

विजयी बिष्णुकुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनलाई सत्तारुढ गठबन्धन दलको समर्थन रहेको थियो । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस