६० किलो सुन प्रकरणका १२ अभियुक्तलाई थुनामा पठाउन आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

६० किलो सुन प्रकरणका १२ अभियुक्तलाई थुनामा पठाउन आदेश


१० माघ २०८०, बुधबार


काठमाडौँ । उच्च अदालत पाटनले ६० किलो सुन प्रकरणका १२ अभियुक्तलाई थुनामा पठाउने र ६ अभियुक्तलाई थुनामा छोड्ने आदेश गरेको छ।

उनीहरू सबैलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने निर्णय गरेको थियो।

न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले १२ जनालाई थुनामा र ६ जनालाई धरौटीमा छोड्ने आदेश गरेको हो।

दावा छिरिङ, टासी भन्ने धुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलीप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको हो।

त्यस्तै कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई भने थुनामा पठाउनुपर्ने अवस्था नदेखिएको भन्दै धरौटीमा छोड्ने आदेश गरेको छ।

उनीहरूमध्ये श्रेष्ठ र भट्टबाट जनही एक लाख रुपैयाँ, पौडेल र नेपालीबाट जनही पाँच लाख रुपैयाँ र गौतम र पराजुलीबाट जनही दुई लाख रुपैयाँ धरौटी लिएर छोड्ने आदेश गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस