प्रधानमन्त्री कपमा कोशी प्रदेशको लगातार आठौँ हार « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रधानमन्त्री कपमा कोशी प्रदेशको लगातार आठौँ हार


१० माघ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार आठौँ हार बेहोर्नु परेको छ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशी प्रदेश आठौँ खेलमा सुदूरपश्चिमसँग आठ विकेटले पराजित भएको हो। कोशीले दिएको १२४ रनको लक्ष्य सुदूरपश्चिमले २१।१ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो।

सुदूरपश्चिमका लागि नरेन भट्टले अर्धशतक प्रहार गरे। उनले ४९ बलमा ५४ रन बनाए। त्यस्तै, प्रकाश पाण्डेले ३४, राजु रिजालले २१ र खडक बोहराले नौ रन बनाए।

कोशीका लागि फिर्दोष अन्सारीले दुई विकेट लिए। कम स्कोरको खेलमा कोशीका अन्य बलरले विकेट लिन सकेनन्।

यसअघि ब्याटिङ गरेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो। कोशीका लागि मीनश थापाले २६, अङ्कित सुवेदीले २२, कमल खत्रीले १८ र फिर्दोष अन्सारीले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि शेर मल्लले पाँच र विकास आग्रीले चार विकेट लिए। मल्लले ६ ओभरमा २८ रन र आग्रीले सात ओभरमा नौ रन खर्चिए।

यो जितसँगै सुदूरपश्चिम आठ अंक जोडेर अंक तालिकको दोस्रो स्थानमा पुगेको छ। कोशीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन। प्रतियोगिताबाट बाहिरिसकेको कोशीको एक खेल मात्रै बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस