काठमाडौँ उपत्यकामा आज अहिलेसम्मकै जाडो महसुस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँ उपत्यकामा आज अहिलेसम्मकै जाडो महसुस


९ माघ २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहान यस वर्षको हिउँद अवधिमा अहिलेसम्मकै जाडो महसुस भएको छ । किनकि आज बिहान पौने नौ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । सोमबार बेलुका काठमाडौँको न्यूनतम तापक्रम अझै घटेर ३.२ डिग्री सेल्सियस थियो ।

यसअघि पुस २० गते काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो । आज बिहान पौने नौ बजे गरिएको मापनले २० पुसको न्यूनतम तापक्रमको रेकर्ड तोडेको हो ।

केही दिनयता तराई मधेशका जिल्लाहरूमा मध्याह्नसम्म बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ । यसले गर्दा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्नेहरू र न्याना कपडाको अभाव भएकाहरू समस्यामा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस