आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना  « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना 


४ माघ २०८०, बिहिबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका अधिकांश भू-भागमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-ई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती,  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस