प्रदेशमै चालक अनुमति पत्र छाप्न पाउने माग गर्दै सिंहदरवार पुगे लुम्बिनीका मन्त्री राणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदेशमै चालक अनुमति पत्र छाप्न पाउने माग गर्दै सिंहदरवार पुगे लुम्बिनीका मन्त्री राणा


३ माघ २०८०, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणा सिंहदरवार पुगेका छन् । प्रदेशमै चालक अनुमति पत्र छाप्न पाउने माग गर्दै सिंहदरवार पुगेर मन्त्री राणाले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बुधबार मन्त्री राणाले संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासँग छलफल गरेर तत्काल चालक अनुमति पत्र सहज रूपमा दिने व्यवस्था गराउन माग गरेका थिए ।

मन्त्री राणाले आफूले प्रदेशभित्र चालक अनुमति पत्र छपाइ प्रदेशलाई नै दिन केन्द्र सरकारसँग आग्रह गरेको र प्रदेशमा हुने कामलाई प्रदेशलाई नै अधिकार दिन आग्रह गरेको बताएका छन् ।

यसअघि मन्त्री राणाले आफ्नो प्रदेशभित्र चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने निर्णय गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस