भैरहवा र पोखरा विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआएकोप्रति राष्ट्रपतिले जनाए असन्तुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भैरहवा र पोखरा विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआएकोप्रति राष्ट्रपतिले जनाए असन्तुष्टि


२ माघ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा नआएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

होटेल संघ नेपाल (हान) ले मंगलबार काठमाडौँमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा बोल्दै उनले सो असन्तुष्टि जनाएका हुन् । दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा आए बढीभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएर मुलुकलाई समृद्ध बनाउने काममा कठिनाइ नहुने बताए।

उनले ती अन्तर्राष्ट्रिय विमानस्थलहरू छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेकोसमेत बताए। होटेल क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसमार्फत राष्ट्रको समृद्धिका लागि ध्यान दिन पनि होटेल व्यवसायीहरूलाई आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस