प्रधानमन्त्रीले भने-भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार छैन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीले भने-भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार छैन


२५ पुस २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय परराष्ट्रमन्त्री नेपाल आएका बेला भएका सम्झौताबारे धेरै तनाव लिनुपर्ने अवस्था नरहेको प्रस्टीकरण दिएका छन् ।

बुधवार संसद्को कानुन समितिको बैठकमा नेपाल-भारत सम्झौताबारे जानकारी गराउँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाल सरकारले चाहेको बेला यस्ता सम्झौताहरू गर्न सक्ने प्रस्ट पारे । ‘त्यस कारण यो परिस्थितिमा यो सम्झौताबारे धेरै तनाव लिनुपर्ने स्थिति छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ’, प्रधानमन्त्री ‘प्रचण्ड’को भनाइ छ । उनले हालै भारतसँग भएको सम्झौतामा भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार समेत नभएको बताए ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सिधै समुदायमा सञ्चालन गर्न सक्ने लगायतका चार बुँदे सम्झौताको आलोचना भएपछि प्रधानमन्त्रीले प्रस्ट पारेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस