चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । चर्चित गायक प्रमोद खरेल र नव गायिका रोजिना बस्नेतको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’को टप ११ बाट बाहिरिएकी रोजिनालाई गायक पनि खरेलले यो गीत मार्फत गायनमा अवसर दिएका हुन् ।

गीतमा अर्जुन पोखरेलको शब्द सङ्गीत छ । कबिर १८ घण्टा अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ४६ हजार बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङको ११ स्थानमा आउन सफल भएको छ ।

अभिन्यास पासवानको एरेन्ज रहेको गीतको भिडियोमा प्रमोद खरेल र रोजिना बस्नेतकै अभिनय छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको गीतमा बुद्ध थापाको छायाङ्कन, अर्जुन तिवारीको निर्देशन छ ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस