श्रमिकबाट लिनुपर्ने लागत शुल्क निर्धारण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रमिकबाट लिनुपर्ने लागत शुल्क निर्धारण


२३ पुस २०८०, सोमबार


काठमाडौँ । श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव गरिएको छ । म्यानपावर व्यवसायीहरूले सो प्रस्ताव गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै कामदारको लागत निर्धारण गर्न सरकारलाई दबाब दिँदै उनीहरूले हालको लागत शुल्क प्रस्ताव गरेका हुन्।

संघले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन खर्च शीर्षक निर्धारण गर्नुपर्ने बताएको छ । कामदारको शुल्क निर्धारण र व्यवसायीको सेवा शुल्क माग सम्बोधन गरेर कामदारलाई वास्तविक लागत खर्चमा पठाउने ग्यारेन्टी गर्न सकिने संघको भनाइ छ।

रोजगारदाताबाट निर्धारित लागत खर्च प्राप्त भएमा कामदारबाट कुनै शुल्क नलिने पनि संघले जनाएको छ । तर, रोजगारदाता कम्पनीले नदिएको खण्डमा १ लाख ३२ हजार ७५४ रुपैयाँ लागत अनुमान शुल्क लिन पाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस