प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित


२३ पुस २०८०, सोमबार


काठमाडौँ । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थल खुल्न सकेको छैन।

विराटनगर विमानस्थलकाले सोमबार बिहानबाट मौसम अनुकूल नहुँदा विमानस्थल खुल्न नसकेको जानकारी दिएको छ । आज बिहानैबाट हुस्सु लाग्दा हवाई यातायात सञ्चालनमा आउन नसकेको बताइएको छ।

प्रवक्ता भण्डारीका अनुसार हाल करिब ८ सय मिटर भिजिविलिटी रहेको र केही समयमा विमानस्थल खुल्ने सम्भावना रहेको छ। विमानस्थलमा सेवा सुचारु गर्नका लागि कम्तीमा १ हजार मिटर भिजिविलिटी हुनुपर्छ।

यससँगै एटिआर विमानका लागि भिजिविलिटी १ हजार ६ सय र जेटल विमानका लागि कम्तीमा २ हजार मिटर भिजिविलिटी हुनुपर्ने विमानस्थलले जनाएको छ ।

मौसम अनुकूल हुनसक्ने सम्भावना कम देखिएसँगै श्री एयरले सोमबार बिहानको पहिलो उडान तालिकामा राखेको छैन।

आज बिहानको पहिलो उडान तालिकामा नसमेटिए पनि बाँकी उडान यथावत् रहेको श्री एयरका विराटनगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस