जसपाले टुङ्ग्यायो राष्ट्रिय सभाका लागि उम्मेदवार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जसपाले टुङ्ग्यायो राष्ट्रिय सभाका लागि उम्मेदवार


२२ पुस २०८०, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चौधरी २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् । उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस