भारतीय विदेशमन्त्री जयशंकरले गरे पुस्तकालय उद्घाटन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय विदेशमन्त्री जयशंकरले गरे पुस्तकालय उद्घाटन


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पुस्तकालय उद्घाटन गरेका छन्।

भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् ।

त्यसअधि जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपण समेत गरेका छन् ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन हिजो काठमाडौँ आएका उनी आज मध्यान्ह १२ बजे स्वदेश फर्कने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस