छलफलका लागि बारले बोलायो न्यायपरिषद सदस्य श्रेष्ठलाई « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

छलफलका लागि बारले बोलायो न्यायपरिषद सदस्य श्रेष्ठलाई


१८ पुस २०८०, बुधबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली संशोधनको विषयमा परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई छलफलका लागि बोलाएको छ ।

न्यायाधीशहरूको ज्येष्ठता र वरियताक्रम नै फेरबदल हुने गरी न्यायपरिषद नियमावली संशोधन गरिएको घटनामा असन्तुष्ट बार एशोसिएसनले श्रेष्ठलाई छलफलका लागि बोलाएको हो । श्रेष्ठ नेपाल बार एसोसिएसनको सिफारिसमा न्यायपरिषदको सदस्य बनेका हुन् ।

बारले उच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया पनि छलफलको विषयवस्तु हुने भनी जानकारी गराएको छ ।

न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरेका कर्मचारीहरू न्यायाधीश नियुक्त हुँदा उनीहरू विशिष्ट श्रेणीमा नियुक्त हुँदादेखिको जेष्ठताक्रम कायम हुने गरी १ असोज, २०८० मा न्यायपरिषद नियमावली संशोधन भएको थियो ।

संशोधनले यो नियमले पहिले नै नियुक्त भएका न्यायाधीशको वृत्तिविकास र अवसरमा असर परेको भन्दै नेपाल बार एसोसिएसनले विरोध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस