दुई संसदीय समितिको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुई संसदीय समितिको बैठक बस्दै


१८ पुस २०८०, बुधबार


sanghiya sansad

काठमाडौँ । संघीय संसद्अन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

सिहंदरवारमा बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासंघसँग भएको सहमति अनुसार विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस