भ्रष्टाचार अभियोगमा मुछिएको भन्दै स्वास्थ्य मन्त्रीलाई बर्खास्त गर्न माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भ्रष्टाचार अभियोगमा मुछिएको भन्दै स्वास्थ्य मन्त्रीलाई बर्खास्त गर्न माग


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् ।

हुँदै नभएको आधारभूत अस्पतालको सामान खरिद प्रकरणमा करोडौँको कमिसनको चलखेल गरिरहेको उनको आरोप छ ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिन माग गरिन् ।

सांसद कार्कीले २०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन स्वास्थ्यमन्त्री बनाएको ? भनी पटक-पटक प्रश्नसमेत गरेकी छन् । कानूनविपरीत कर्मचारी हटाएर मन्त्री बस्नेतले वीर अस्पताललगायतका अस्पतालका बिरामीहरूको उपचारमा समेत समस्या ल्याउने काम गरेको उनको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस