राष्ट्रिय सभाको लागि १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न राप्रपाको निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभाको लागि १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न राप्रपाको निर्देशन


१५ पुस २०८०, आइतबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस १८ गतेभित्र राष्ट्रिय सभाको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ।

केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय पदाधिकारी बैठकले राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनका लागि पौष १८ गतेसम्म उम्मेदवार सिफारिस गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

राष्ट्रिय सभाको निर्वाचनको लागि २३ गते उम्मेदवारी दर्ता हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस