देउखुरीको राप्ती नदीमा र्‍याफ्टिङ परीक्षण सफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देउखुरीको राप्ती नदीमा र्‍याफ्टिङ परीक्षण सफल


१५ पुस २०८०, आइतबार


काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको छ ।

गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको परीक्षण सफल भएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिएका छन् । र्‍याफ्टिङ सञ्चालनको अध्ययन तथा परीक्षण कर्णाली र्‍याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा सञ्चालक देवराज जैसी नेतृत्वको टोलीले गरेको थियो ।

नेपालका पश्चिमी भूभागमा पर्ने प्राय सबै नदीहरूमा र्‍याफ्टिङको अध्ययन गरी सञ्चालन समेत गरेका जैशीले राप्ती नदीको भालुबाङदेखि सिसहनिया पुलसम्म ९ महिनासम्मै र्‍याफ्टिङ सञ्चालन गर्न सकिने बताएका छन् ।

गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुबाङको पुल्चोकदेखि सिसहनिया-महदेवा जोड्ने पुलसम्म राप्ती नदीको करिब १५ किलोमिटर क्षेत्रमा र्‍याफ्टिङ परीक्षण गरिएको थियो ।

परीक्षणको क्रममा लुम्बिनी प्रदेश सांसद इन्द्रजित चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतले र्‍याफ्टिङ चढेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस