अपाङ्गता भएकालाई विद्युतीय रिक्सा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अपाङ्गता भएकालाई विद्युतीय रिक्सा


१५ पुस २०८०, आइतबार


जानकी (बाँके)। नेपालगञ्जमा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र गौरव स्मृति फाउण्डेशनका संरक्षक मधु शाहले नेपालगञ्ज-५ गणेशपुरका अपाङ्गता राजु खानलाई ई-रिक्सा प्रदान गरेका थिए ।

फाउन्डेसनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा रक्तदान पनि गरिएको थियो । त्यस अवसरमा विद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुष गरी एक सय १३ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयंसेवी रक्तदाता पवन जायसवाललाई पनि सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस