नेपाल-चीन व्यापार तथा भुक्तानी सम्झौता परिमार्जन गर्न कार्यदल गठन गरिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपाल-चीन व्यापार तथा भुक्तानी सम्झौता परिमार्जन गर्न कार्यदल गठन गरिने


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । सरकारले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न संयुक्त प्राविधिक कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिवको नेतृत्वमा उक्त सम्झौता पुनर्वालोकन तथा परिमार्जन का लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा संयुक्त प्राविधिक कार्यदल गठन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस