हात्तीको आक्रमणबाट एक जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


१३ पुस २०८०, शुक्रबार


बनियानी (झापा) ।  हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार  हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको  घटनास्थलमा नै मृत्यु भएका थियो । 

हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस