नेपालभरका जुनसुकै जग्गासँग काठमाडौँको घर साट्न सकिने, यस्ता छन् थप अफर « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपालभरका जुनसुकै जग्गासँग काठमाडौँको घर साट्न सकिने, यस्ता छन् थप अफर


१२ पुस २०८०, बिहिबार


Bhumi-mantri_ranjita-shrestha

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजबाट घरजग्गा मेला सुरु भएको छ । सो मेलामा विभिन्न घरजग्गा निर्माण कम्पनीहरूले छुट तथा अफरहरू सार्वजनिक गरेका छन् । मेला अवधिभर घरजग्गा बुकिङ गर्नेले जग्गासँग घर साट्न मिल्नेदेखि लिएर ५० लाख रुपैयाँ नगद छुटसम्मको व्यवस्था कम्पनीहरूले गरेका हुन् ।

नेपाल रियल स्टेट म्यानेजमेन्ट लिमिटेडले नेपाल भर जहाँसुकै भएको जग्गासँग घर साट्न सकिने अफर ल्याएको छ । सो जग्गाको मूल्य निर्धारण गरेर जग्गासँग घर अथवा जग्गासँग जग्गै साट्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

यस्तै घरजग्गा खरिद गर्दा २५ प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम तिर्नको लागि एक वर्षको समय दिइएको छ । एक वर्ष मासिक किस्ता बुझाए कुनै पनि ब्याज नलाग्ने रियलस्टेट म्यानेजमेन्ट लिमिटेडले जनाएको छ । यो कम्पनीले भैसेपाटी वा चाँगुनारायणमा रहेको घरजग्गामा एक्सचेन्जको अफर ल्याएको हो ।

यस्तै, यो कम्पनीको घरजग्गा खरिदमा ११ प्रतिशतसम्मको ब्याजदरमा हाउजिङ लोन पाइने गरी प्राइम, नबिल बैंकसँग सम्झौता गरेको जनाएको छ । यो ब्याजदर स्थिर हो । रियलस्टेट म्यानेजमेन्टले चाँगुनारायणमा ७४ वटा घर बनाइरहेको छ भने भैसेपाटीमा २० रोपनीको ५४ वटा जग्गा रहेको छ । साढे ४ आनादेखि एक रोपनीसम्मको ब्लक दिन मिल्ने गरी जमिनहरूको संरचना बनाएको छ । भैसेपाटीको ४७ लाख प्रति आना मूल्य राखिएको र यसमा १५ प्रतिशत छुट दिइएको छ । यस्तै साइट भिजिट गरेर बुकिङ गर्नेलाई ५० लाखसम्मको नगद छुट दिइएको कम्पनीले जनाएको छ ।

यता पद्दमा कोलोनीले मेलामा घर बुकिङ गर्नेलाई सात प्रतिशतसम्म छुट दिएको छ । यस्तै अपार्टमेन्ट बुकिङ गर्नेलाई सुरक्षा डिपोजिटमा ३ लाख बराबरको छुट दिएको छ । पद्माको ठुलो भर्‍याङमा १३४ अपार्टमेन्ट बन्दै छ भने डाडापौवामा ९२४ वटा बनिरहेको छ । ६० लाख रुपैयाँ देखिका अपार्टमेन्ट बिक्रीमा राखिएको छ । मेलामा बुकिङ गर्नेले भने ५ लाख रुपैयाँ बुकिङ चार्ज दिन सक्नेछन् ।

यस्तै भूमि कोलोनीले मेलामा बुकिङ गर्नेलाई १० प्रतिशतसम्म छुट दिएको छ । भूमिले गोदावरीमा ७२ वटा कोलोनी बनाइरहेको छ । ५ आनादेखि १२ आनासम्मको जग्गामा बनेका कोलोनीको मूल्य ३ करोड ९० लाख देखि साढे ७ करोड रुपैयाँसम्म राखिएको छ ।

भूमिले आफ्नो कोलोनी खरिद गर्नेलाई नबिलसँग १०.५९ प्रतिशत ब्याजदरमा ७ देखि १० वर्षसम्म किस्ता तिर्न मिल्ने गरी व्यवस्था गरेको छ । आजै बुकिङ गरेभने २ महिनामा पास गरे भने ५ प्रतिशतसम्म छुट छ ।

सिडी डेभलपर्सले बनाइरहेको हेपाली हाइटको आकृति कोलोनी बुक गर्नेले ३० लाख छुट पाउनेछन् । यसमा ९ वटा घर बाँकी रहेको छ । यस्तै आभास कोलोनी बुकिङ गर्दा भने २५ लाख छुट पाइने कम्पनीले जनाएको छ । आभास बनिरहेको योजना हो । अहिले बुक गर्नेलाई १८ महिनाभित्र कोलोनी हस्तान्तरण हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

सिइ कन्स्ट्रक्सनले वाफल ताहाजल, विराटनगर, पोखरा भोटेबहालमा कोलोनी तथा अपार्टमेन्ट बनाइरहेको छ । सो कोलोनी मेलामा बुकिङ गर्नेले तिन बर्षभित्र तिन-तिन महिनामा किस्ता तिर्न सकिने व्यवस्था गरिएको छ । एउटा अपार्टमेन्टको २ करोड २९ लाख देखि ४ करोडसम्मका अपार्टमेन्ट छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस