हिउँ जमेको नदीलाई विमानस्थल सम्झेर पाइलटले गरे जहाज अवतरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हिउँ जमेको नदीलाई विमानस्थल सम्झेर पाइलटले गरे जहाज अवतरण


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । रुसका एक पाइलटले नदीमा जमेको हिउँमाथि जहाज अवतरण गरेका छन् । नदीको हिउँलाई विमानस्थल भनेर झुक्किएपछि उनले त्यसरी अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ ।

३० यात्रु र चार चालक दलका सदस्य भएको ३४ मान्छे बोकेको जहाज रुसको सुदूरपूर्वको कोलिमा नदीमा अवतरण गरिएको थियो ।

अवतरणमा कुनै यात्रुहरू घाइते भने नभएको बताइएको छ । बिहीबार बिहान रुसी समयमा भएको उक्त घटना अहिले विश्वभर चर्चाको विषय भएको छ ।

रुसको सुदूरपूर्वको प्रान्त शाखा गणतन्त्रबाट सिरिङ्काको लागि उडान गरेको एन्तोनोभ कम्पनीको जहाजको खराब अवतरणलाई लिएर अहिले अनुसन्धान भइरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा पाइलटकै दोष भएको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस