हिमालय एयरलाइन्सको काठमाडौँ-ल्हासा उडान सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हिमालय एयरलाइन्सको काठमाडौँ-ल्हासा उडान सुरु


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ-ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले आजदेखि काठमाडौँबाट लासा नियमित उडान सुरु गरेको हो ।

 काठमाडौँ-ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताए ।

‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ- नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान,’ मन्त्री किराँतीले भने ।

यो उडानले चिनियाँ पर्यटक नेपाल भित्राउन टेवा पुग्ने विश्वास व्यक्त गरे । तिब्बतको ल्हासामा प्रतिवर्ष लगभग १ करोड पर्यटकहरू घुम्न आउने र तीमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुने भन्दै मन्त्री किराँतीले त्यसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्राउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यससँगै ल्हासामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालयन एयरलाइन्स रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस