पूर्वडीआईजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पूर्वडीआईजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर


११ पुस २०८०, बुधबार


काठमाडौँ । विशेष अदालतले पूर्वडीआईजी महेशबिक्रम शाह लगायत दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनीहरूमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो ।

विशेष अदालतले शाह र पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले सफाइ पाएका अदालतका प्रवक्ता एवं सूचना अधिकारी धनबहादुर कार्कीले प्रशासनलाई जानकारी दिए । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो ।

उनीहरूलाई तीन वर्षभन्दा माथि कैद सजाय हुने निश्चित भएको छ । तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार आगामी २५ पुसमा पेशी तोकिएको प्रवक्ता कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस