राजेन्द्र राईले भने-बहुपहिचानमा जाने निर्णय भयो, अब बैठकमा आउँछु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजेन्द्र राईले भने-बहुपहिचानमा जाने निर्णय भयो, अब बैठकमा आउँछु


११ पुस २०८०, बुधबार


काठमाडौँ । प्रदेश कमिटीबाट बहुपहिचानमा आधारित प्रदेशको नाम राख्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राई पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् ।

एकीकृत समाजवादीको प्रदेश कमिटीले बहुपहिचानमा आधारित नामाकरण राख्ने निर्णय शुक्रबार गरेको उनले बताए ।

प्रदेशको नाम कोशी राख्दा केन्द्रीय नेताहरूको असहमतिबीच प्रदेश संसदीय दलका नेता राईले फरक प्रस्ताव राखेका थिए । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले प्रदेशको नाम कोशी राख्दा एकीकृत समाजवादीका नेता राईले सगरमाथा-किराँत-लिम्बुवान नामकरणको प्रस्ताव ल्याएका थिए ।

तर केन्द्रीय नेतृत्वबाट साथ नपाएको भन्दै राईले पार्टी केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालय बैठक बहिष्कार गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस