आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता


११ पुस २०८०, बुधबार


काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्कबीच आइ.ई.एल.टि.एस र पी.टि.ईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौँको आठौँ तलामा रहेको एजुकेशन पार्कमा आ.ई.एल.टि.एस र पी.टि.ई.को तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् ।

यही पौष ६ गतेबाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ । आइ.ई.एल.टि.एस र पी.टि.ई. कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरूलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् ।

योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरूले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् । विद्यार्थीहरू माझ अति नै लोकप्रिय दुबै कक्षा अनलाइन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस