गैरहाजिर भएका २१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गैरहाजिर भएका २१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह


११ पुस २०८०, बुधबार


काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २१ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गैरहाजिर हुनेहरूमा एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुसी गैर हाजिर रहेको जानकारी दिएको छ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।

सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस