युक्रेनको आक्रमणमा परेर रुसको युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

युक्रेनको आक्रमणमा परेर रुसको युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त


१० पुस २०८०, मंगलबार


काठमाडौँ । युक्रेनले गरेको आक्रमणमा परेर रुसको एउटा युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त भएको छ ।

रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा रहेको युद्धपोतमा युक्रेन युद्ध विमानले आक्रमण गरेको थियो । आक्रमणबाट आफ्नो युद्धपोतमा क्षति पुगेको रुसले बताएको छ । तर युक्रेनले भने युद्धपोत ध्वस्त बनाएको दाबी गर्दै आएको छ ।यो आक्रमणमा परेर एक व्यक्तिको मृत्यु भएको रसियाद्वारा नियुक्त क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभले बताएका छन् ।

उनका अनुसार आक्रमणमा छवटा भवनमा क्षति पुगेको छ र केही मानिसहरूलाई अस्थायी आवास केन्द्रमा लैजानुपरेको थियो । बन्दरगाह क्षेत्रमा ठूलो विस्फोट भएको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

क्रिमियालाई अन्तर्राष्ट्रिय रूपमा युक्रेनको भागको रूपमा मान्यता दिइन्छ । तर यो स्थान सन् २०१४ मा रुसले कब्जा जमाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस