चोरी आरोपमा ६ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चोरी आरोपमा ६ जना पक्राउ


९ पुस २०८०, सोमबार


काठमाडौँ । पश्चिम नवलपरासी प्रहरीले शृंखलाबद्ध चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको सुनवल नगरपालिका र रामग्राम नगरपालिकाका विभिन्न स्थानमा चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पक्राउ पर्नेहरूमा बर्दघाट नगरपालिकाका-१ का अविनाश पङ्गेनी, गुल्मी मुसिकोट नगरपालिका-९ का सुवास विश्वकर्मा, रोल्पा नगरपालिका-३ स्थायी घर भएका मिलन घर्ती मगर पक्राउ परेका छन् ।

यसैगरी जनस्वास्थ्य कार्यालयमा चोरी गर्ने रामग्राम नगरपालिका-६ का कृष्ण मोहन अग्रहरी , रामग्राम नगरपालिका-५ का अमृत अग्रहरी र रामग्राम नगरपालिका-७ का रोशन आचार्य पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद १ लाख रुपैयाँ, कम्प्युटर ,मोबाइल तथा चोरी भएका विभिन्न सामग्री बरामद भएको छ । पक्राउ परेकाहरूलाई चोरी तथा लुटपाटमा मुद्दा चलाउने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस