मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’


९ पुस २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’का निजी सचिवालयका अनुसार मङ्गलवार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस