लाइसेन्स लिएर काम नगरेका ५५ आयोजनामा विभागले थाल्यो निगरानी  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

लाइसेन्स लिएर काम नगरेका ५५ आयोजनामा विभागले थाल्यो निगरानी 


८ पुस २०८०, आइतबार


काठमाडौँ । विद्युत् विकास विभागले विद्युत् उत्पादन अनुमति जारी भएको लामो समयसम्म पनि भौतिक प्रगति अगाडि नबढेका जलविद्युत् आयोजनाको समीक्षा सुरु गरेको छ ।

१८ मंसिरमा कुल ५५ वटा जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूलाई पत्र लेख्दै विभागले निश्चित मिति दिएर आफ्नो आयोजनाको भौतिक तथा वित्तीय प्रगति समेटिएको लिखित प्रस्तुतीकरण गर्न समय दिएको हो । यो क्रम विभागले १७ पुससम्म जारी राख्ने भएको छ ।

विभागका अनुसार उत्पादन अनुमति पत्र लिएर पनि लामो समयदेखि कार्यप्रगति देखाउन नसकेका यी आयोजनामा विभागले निगरानी थालेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

उनले गत ५ पुसमा आफ्नै कार्यालयमा मन्त्रालयको समीक्षा गर्दै झोलामा खोलाको स्थिति अन्त्य गर्न निर्देशन दिएका थिए ।

सरकारको नीति अनुसार नै विभागले लामो समयदेखि भौतिक प्रगति देखाउन नसकेका आयोजनाको लिखित प्रस्तुतीकरण मागेको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले लाइसेन्स लिने, होल्ड गरेर राख्ने र काम नगर्ने प्रवृत्ति सबैभन्दा खराब रहेको बताएका थिए ।

सम्बन्धित समाचार :

Tags :
प्रतिक्रिया दिनुहोस