अत्यावश्यक १० खाद्य वस्तुको तथ्याङ्क सङ्कलन गर्ने मन्त्रालयको तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अत्यावश्यक १० खाद्य वस्तुको तथ्याङ्क सङ्कलन गर्ने मन्त्रालयको तयारी


८ पुस २०८०, आइतबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक खाद्य वस्तुको तथ्याङ्क सङ्कलन गर्ने तयारी गरेको छ । अत्यावश्यक खाद्य वस्तुको उत्पादन र आवश्यक परिमाण थाहा पाउन तथ्याङ्क सङ्कलन गर्न लागिएको हो। 

पहिलो चरणमा धान-चामल, गहुँ, मकै, चिनी, तेल, नुन, दाल, माछा, मासु र दूध गरी १० वस्तुको उत्पादनको तथ्याङ्क सङ्कलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार तथ्याङ्क सङ्कलनका लागि कृषि मन्त्रालय, अन्य निकाय र विज्ञहरूसँग छलफल चलिरहेको छ। 

अति आवश्यक वस्तुहरू कति आवश्यक हो, कति परिमाणमा हाम्रो उत्पादन हुन्छ र कति अपुग हो भन्ने थाहा नभएकाले तथ्याङ्क सङ्कलन गर्न आवश्यक परेको मन्त्रालयको भनाई छ ।   

मन्त्रालय र सम्बन्धित निकायपिच्छे एउटै वस्तुको तथ्याङ्क फरक हुँदा आपूर्तिमा समस्या हुँदै आएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस