उच्च अदालत र इजलासमा स्वचालित पेशी व्यवस्थापन सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उच्च अदालत र इजलासमा स्वचालित पेशी व्यवस्थापन सुरु


८ पुस २०८०, आइतबार


काठमाडौँ । सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।

पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले यसको शुभारम्भ गरेका हुन् । ‘यो एउटा सुखद क्षण हो,’ अब भनसुन, आग्रह गरेर पेशी तारेख तय नहुने भन्दै प्रधान न्यायाधीश श्रेष्ठले भने, ‘न्यायिक प्रशासनिक कामकारबाहीमा सरलता त दिन्छ नै, यसप्रति सबैको विश्वास सबैले अपनाउँछन् ।’

यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसङ्गति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

प्रधान न्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रूपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरूमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस