दुई संसदीय समितिको बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुई संसदीय समितिको बैठक बस्दै


८ पुस २०८०, आइतबार


काठमाडौँ । संघीय संसद अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद सचिवालय सिंहदरवारमा बस्न लागेको हो ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस